जन्मदिनमा बालआश्रमलाई खाद्यसामाग्री वितरण

असार ११, बुधबार २०७६
जन्मदिन मनाउनेहरुमा साथीभाइ ,इष्टमित्र , आफन्तलाइ होटल तथा पार्टी प्यालेसमा बोलाउने बियर मासु खाने अनी हजारौको विल तिर्नु भन्दा अनाथ र दिन दुखीहरुलाइ सहयोग गर्न पाए आफ्नो जन्मदिन र्साथक हुन्थ्यो भन्ने भाबना बढिरहेको छ । संगसँगै फरक तरीकाले मनाउने चलन दिनप्रतिदीन बढिरहेको छ ।

आज दमकका युवा व्यवसायी तथा लायन्स ब्लव अफ दमक इष्र्टन लाइनका अप कमिङ अध्यक्ष तुलसीराम तिम्सिनाले जन्मदिन यसरी नै मनाएका छन । अध्यक्ष तिम्सिनाले दमक २ स्थित हाम्रो बाल आश्रमका बालबालिकालाई खाद्यन्न लगायतका सामाग्री उपलब्ध गराएर आफ्नो ३३औँ जन्मदिन मनाएका हुन ।उनले लायन्स क्लब अफ दमक इष्टर्न लाइनको आयोजनामा भएको कार्यक्रम मार्फत चामल, दाल, नुन, तेल लगायतको खाद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा तिम्सिनाले जन्मदिन मनाउन गरिने फजुल खर्चलाई यो वाल आश्रमका अनाथ तथा विपन्न बालबालिकाहरुका लाइ सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले सम्पुर्ण लायन्सकर्मीहरुले किसिमका सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्दै ,यसले आम मानिसमा नयाँ सोचको विकासमा सकारात्मक सन्देश जाने वताए । सो अवसरमा लायन्स क्लब अफ दमक गोल्डका फस्ट भि पी रिङ कुमार आचार्य  सेके्रटरी नविन ताम्राकार, इष्टर्न लाइनका पधादीकारी लगायतको उपस्थिती रहेको सो  कार्यक्रम को संचालन क्लवका अप कमिगँ थर्ड भि पी वेनु निरौला ले गरेका थीए। सो अवसरमा बाल आश्रमले सहयोग गर्ने सबैमा धन्यवद ब्यक्त गरेको थियो ।

बुधबार, ११ असार, २०७६, साँझको ०६:११ बजे

सम्बन्धित खवर