जसपा आधिकारिकता विवादको छिनोफानो आज

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले हिजो दिनभरी आन्तरिक तयारीमा बिताए । आज ११ बजे ब्यक्ति स्वयंलाई सनाखतका लागि निर्वाचन आयोगले उपस्तिथ हुन आदेश दिएको छ । दुवै पक्ष छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् ।

यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेको छ । सो पक्षले आइतबार उनिहरुलाई रिसोर्टमा राखेर लामै प्रशिक्षण प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई आइतबार राति रिसोर्टमै राखिएको छ । आज बिहानको चिया तथा खाना खाएर उनीहरु सिधै निर्वाचन आयोग जाने तयारीमा रहेको यादव पक्षले जनाएको छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको बताउदै आएको छ । साथै सो पक्षले हिजोको सर्वोच्चको निर्णय संगै थप साम्सद र कार्यकारिणी समितीका सदस्यहरु आफुहरु संग आउन लागेको दावी गरेको छ । आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ सोमबार गर्दै पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ ।

सोमबार, ११ साउन, २०७८, बिहानको ०७:०२ बजे

सम्बन्धित खवर