कतार जानेकालागि अब नयाँ नियम

११ श्रावण,काठमाडौँ/  कोरोनाविरुद्धको खोप लगाएको १४ दिनपछि कतार प्रवेश गर्नेहरूले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।

कतार सरकारले जारी गरेको नयाँ नियमअनुसार कोरोना खोप लगाएका व्यक्तिले १४ दिनपछि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने अनिवार्य गरिएको छ ।

दूतावासका अनुसार फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड/अक्सफोर्ड) र जोन्सेन एण्ड जोन्सनको खोपलाई मात्र कतारले मान्यता प्रदान गरेको छ ।

यो खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम र प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर, खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । चिनियाँ कम्पनी सिनोर्फम खोप लगाएका व्यक्तिले भने एण्टिबडी परीक्षण गराउनु पर्ने छ ।

उक्त पर‍ीक्षणमा पोजेटिभ आएमा क्वारेन्टिन बस्नु पर्नेछ । नेगेटिभ देखिएमा समेत होटेल क्वारेन्टिन बस्नुपर्ने छ । कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले भने क्वारेन्टिन बस्नु नपर्ने नियम बनाइएको छ ।

खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेबसाइटमा बुकिङ गरी १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।

सोमबार, ११ साउन, २०७८, बिहानको ०८:५५ बजे

सम्बन्धित खवर