ओलीको आदेशमा बुद्धिजिवीलाई महेश बस्नेतको धम्की – संग्रौला

काठमाडौँ,११ श्रावण / लेखक तथा बुद्धिजिवी खगेन्द्र संग्रौलाले बुद्धिजीवी लगायत आफूहरुलाई दिएको धम्की ओलीको आदेशमा भएको बताएका छन् ।

एमाले नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।

संग्रौलाले सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको जनाएका हुन् ।

संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको आरोप पनि लगाएका छन् ।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर !,’ संग्रौलाले ट्वीटमा लेखेका छन् ।

 

सोमबार, ११ साउन, २०७८, बिहानको १०:५६ बजे

सम्बन्धित खवर