काठमाडौं, ११ साउन/ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष आत्मसमपर्ण गरेको नेता नेपाल पक्षले आरोप लगाएको छ । उनले एकताका नाममा आत्मसमपर्ण गरेको एक नेताहरुले बताएका छन् ।

नेपाल पक्षको खरो नेताको रुपमा उत्रिएका रावलले रातारात समपर्ण गनुका पछि केही रहस्य लुकेको बताइएको छ । एमाले अध्यक्ष ओली एकाधिकार सैलीमा चलेको र प्रतिगमनको मतियार भएको आरोप खरो रुपमा लगाउँदै आएका रावले पछिल्लो समय संसदवाट नै राजिनामा दिएर ओली कित्तामा समर्पित भएका छन् ।
उनले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप समेत लगाएका भ्याएका छन् । रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको पनि बताए ।

Facebook Comments Box