नेताद्वय मनिष सुमन र राजकिशोर, भट्टराई – यादव पक्षमा उभिए

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा)का नेता मनीष सुमन र राजकिशोर यादबले संस्थापन पक्षको आधिकारिकताका लागि सनाखत गरेको बताएका छन्।उनीहरुले पार्टीलाई जोगाउनका लागि मुलधारमा उभिएको बताएका छन।

‘पार्टीलाई जोगाउन मूलधारको पक्षमा म उभिएको छु,’ सुमनले भने, ‘आजको दिन हामीलाई पीडादायी छ। पार्टीलाई जोगाउन यहाँ उभिएको छु।’ उनले भने ।
यसैगरि राजकिशोर यादबले पनि महन्थ ठाकुर पक्षको बैठकमा आफूले पार्टीलाई जोगाउन एक ठाउँमा उभिन आग्रह गरेको, तर त्यो मान्ने अवस्था नआएपछि मूलधारको पक्षमा उभिएको बताएका छन ।

‘महन्थ ठाकुरजीलाई एकता जोगाउन एक ठाउँ उभियौँ भनेर आग्रह गरेँ, तर, उहाँहरू मान्नुभएन,’ यादवले भने । आज बिहान पनि राजेन्द्र महतोलाई टेलिफोनमा यही आग्रह गरेँ। सम्भव नभएपछि एकताको पक्षमा उभिएको हुँ ’ नेता मनिश सुमनले भने । सुमन राजेन्द्र महतो निकट प्रभावशाली नेताको रूपमा चिनिन्छन ।

जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज सनाखत गरिरहेको छ। सुमन र यादव महन्थ समुहका समुहका प्रभावशाली नेता थिए । मधेसमा एकीकृत पार्टी आवश्यक रहेको र त्यसको प्रयासमा आफूहरु रहेको नेताद्वयले बताए।संगै जसपाको बहुमत सदस्यको हस्ताक्षर  बाबुराम – उपेन्द्र पक्षमा देखिएको छ । जसपा श्रोतका अनुसार उपेन्द्र -बाबुराम पक्षमा ५१ मध्ये ३५ जना पुगेको जनाइएको छ ।

निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई सशरीर आयोगमा आज बोलाएको थियो।

सोमबार, ११ साउन, २०७८, दिउँसोको ०१:०० बजे

सम्बन्धित खवर