जसपाको आधिकारिकता भट्टराई – यादव पक्षलाई

बैकल्पिक खवर

जनता समाजवादी पार्टीको आधिकारिकता बाबुराम – उपेन्द्र पक्षले पाएको छ । आज निर्वाचन आयोगले (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको हो । भट्टराई – यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनीहरु लाई नै आधिकारिकता दिएको निर्वाचन आयोग श्रोतले जनाएको छ ।

जसपामा भट्टराई -यादव र ठाकुर-महतो पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । आज भएको सनाखतको आधारमा आयोगले बहुमत भट्टराई – यादव पक्षमा देखिएकोले आधिकारिकता पनि सोही पक्षलाई दिएको हो ।

 

सोमबार, ११ साउन, २०७८, साँझको ०५:४६ बजे

सम्बन्धित खवर