गौरादहमा पनि मंगलबार देखि एक हप्ता लकडाउन

बैकल्पिक खवर

कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाका स्थानीय निकायहरुले धमाधम लकडाउन गर्न थालेका छन ।  पछिल्लो समय कोरोना संक्रमणको दर ह्वात्तै बढे पछि स्थानीय निकायहरुले लकडाउन गर्न थालेका हुन । यसै क्रममा गौरादह नगरपालिकाले पनि मंगलबार रातिदेखि एक हप्ताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोभिड-१९ नियन्त्रण सम्बन्धि सोमबार (आज) बसेको सर्वपक्षिय बैठकले साउन १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा रहेको, त्यसका नियन्त्रणका लागि र नजिकका पालिकाहरुमा गरेको बन्दाबन्दीलाई मध्यनजर गर्दै साउन १२ गते मंगलबारदेखि साउन १८ गते राती १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र आंशिक लकडाउन गर्ने निर्णय गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिए ।

बैठकले गौरादह नगरपालिका क्षेत्रभित्र साप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ । यस्तै, औषधी पसल र दुध डेरी बाहेक अन्य पसल तथा व्यवसाय र तरकारी बजार समेत बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तैगरि, बैंक तथा बित्तिय संस्थाको हकमा भने बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

सोमबार, ११ साउन, २०७८, साँझको ०७:४६ बजे

सम्बन्धित खवर