सुपारी बोकेका आठ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

मोरङ/     मोरङ प्रहरीले अवैध सुपारीसहित ८ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर–१८ बाट प्रहरीले अवैध सुपारी बोकेको ८ वटा भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ती ट्रकबाट प्रहरीले २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी बरामद गरेको छ ।
सुपारीसहित नियन्त्रणमा लिइएका पी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बीटी ७२७७, युपी ६२ बीटी ८१२१, युपी ५४ टी ६४२९,युपी ५० एटी ३१५८, युपी ६२ सिटि ०६२७ र युपी ४५ टी १६२४ नम्बरका भारतीय ट्रक आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

मङ्गलबार, १० साउन, २०७९, बिहानको ०८:४२ बजे

सम्बन्धित खवर