६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

  काठमाडौं /    नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्।

२ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ । गत २४ घण्टामा २ सय १८ जना संक्रमणमुक्त भएका छन्।

मङ्गलबार, १० साउन, २०७९, दिउँसोको ०४:५५ बजे

सम्बन्धित खवर