ब्राउन सुगरसहित दुई पक्राउ

भोजपुर / भोजपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। लुकाई छिपाई ल्याएको तीन सय मिलिग्राम ब्राउन सुगरसहित हतुवागढी गाउँपालिका ८ का ४३ वर्षीय भक्तबहादुर थापा र २५ वर्षीय सुमित राईलाई प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई धरानबाट भोजपुर घर फर्कने क्रममा हतुवागढी ९ हसनपुर गैरी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको हो ।
उनिहरुविरुद्ध लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीले बताए।

पछिल्लो समय यहाँ लागुऔषध ओसारपसार घटना बढ्दै गएको प्रहरीको भनाइ छ । गत माघ महिनामा पनि करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित दुई जना ट्रक चालक पक्राउ परेका थिए।

मङ्गलबार, १० साउन, २०७९, साँझको ०५:०४ बजे

सम्बन्धित खवर