एमालेले माधवसमूहमा गएका ५५ केन्द्रीय सदस्य र ३० सांसदलाई साधारण सदस्यबाट हटाउँदै

   फायल फोटो

काठमाडौं, भदौ १० /   नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलाे पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​

बिहिबार, १० भदौ, २०७८, बिहानको ०८:४७ बजे

सम्बन्धित खवर