कन्काई क्याम्पसमा नेविसंघको नयाँ नेतृत्व

   दमक/ नेविसंघले कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा नयाँ ईकाई समिति चयन गरेको छ । नेपाल बिद्यार्थी संघका क्याम्पस सभापती उदित दहालको सभापतित्वमा भएको संघको इकाई अधिवेशनले कुवेरनाथ दाहालको सभापतित्वमा ३९ सदस्यीय इकाई समिति चयन गरेको हो ।

सो अवसरमा नेपाली कांग्रेस कनकाई सभापती दुर्गा प्रसाईं, नेविसंघ झापा सभापती राजेन्द्र उप्रेती , प्रबक्ता सञ्जय निरौला र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम प्रसाद चुँडालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संघका नगर सभापति सागर ढकालले स्वागत गरेका थिए । सञ्चालन पुर्व ईकाई सभापती तथा नेविसंघ झापाका सहसचिव अशोक पाठकले गरेका थिए ।

शुक्रबार, १० भदौ, २०७९, साँझको ०५:५८ बजे

सम्बन्धित खवर