दमक/ झापाको दमक–६ स्थित उद्यम विकास वचत तथा ऋण सहकारी संघको १४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रमुख अतिथिका रुपमा रहेकी थिइन् । विशेष अतिथिका रुपमा दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारी, दमक–६ का कार्यवाहक वडाध्यक्ष कमल कुमार श्रेष्ठ र झापा जिल्ला वचत संघका अध्यक्ष तुलाराम न्यौपाने रहेका थिए । प्रमुख अतिथि भट्टराईले सहकारी संस्थाले विपन्न वर्गको जीवनस्तर उकास्ने खालका कामहरु पनि गर्नुपर्ने बताउँदै शुभकामना मन्तव्य दिइन् । त्यस्तै विशेष अतिथि दमक–१० का वडाध्यक्ष भण्डारीले सहकारीहरुलाई शेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर काम गरे समस्या नआउने बताए ।

दमक–६ का कार्यवाहक वडाध्यक्ष श्रेष्ठले दमकमा तीन वटा सहकारीहरुले भनेअनुसार संस्था संचालन नगरेको पाइएको र बाँकी धेरैजसो सहकारीले विधि, विधान र नियमलाई मानेर नै काम गरिरहेको अनुगमनका क्रममा भेटिएको जानकारी गराए । अर्का अतिथि झापा जिल्ला वचत संघका अध्यक्ष न्यौपानेले विद्यमान अवस्थामा केही सहकारीहरु डुब्दा त्यसको असर र प्रभाव तथा सहकारी संस्थाहरुको विश्वास र प्रतिष्ठामा समेत आँच पुग्न सक्ने हुँदा सहकारी संचालकहरुले यो कुरालाई गम्भीरतापूर्वक लिए संस्था संचालन गर्नुपर्ने तर्फ ध्यानाकृष्ट गराए ।

कार्यक्रममा सो सहकारी संस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्का भट्टराईल संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विमला पोख्रेलले वित्तीय कारोबारको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक पर्शुराम रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेको थिए । कार्यक्रममा शिक्षा तालिम तथा स्वास्थ्य उपसमिति संयोजक केपी भट्टराईले पनि शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य लेखा सुपरिवेक्षण समिति संयोजक पर्शुराम रिजालले राखेको कार्यक्रमको संचालन सचिव विरेन्द्र पोखरेलले गरेको थिए । कार्यक्रममा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट कारोबारी, एकल महिला शेयर सदस्य तथा कर्जा शाखा प्रमुख गणेश प्रसाद भट्टराईलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित गरिएको थियो । १ हजार १९२ जना शेयर सदस्य रहेको सो सहकारीको गत आर्थिक वर्षको कुल कारोबार ११ करोड ५३ लाख ७७ हजार ८९, शेयर पुँजी १ करोड ५३ लाख ८९ हजार ५ सय, निक्षेप ६ करोड ३१ लाख १७ हजार २०२, ऋण लगानी ८ करोड २१ लाख ५६ हजार ३८६ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । सो सहकारीले झापाको गौरादह र केर्खामा सेवा केन्द्र समेत संचालन गर्दै आएको छ ।

Facebook Comments Box