भारतीय विदेश सचिव काठमाडौं आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट

११ मङ्सिर /  भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउदै छन्। उनी बिहान १०ः२० बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौं आउने वित्तिकै श्रृंगला काठमाडौंको होटल याक एन्ड एतिमा हुने नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्। बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। बैठकमा सहभागी भएपछि भारतीय विदेश सचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्।

आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन्।

बिहिबार, ११ मंसिर, २०७७, बिहानको ०८:४६ बजे

सम्बन्धित खवर