विराटनगर / मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् । उनले एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन । सुनिल शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । यस्तै रेखा थापाले

१० हजार ९८८ मत ल्याएकी छिन । २२ हजार ७ सय ३६ मत अन्तरले शर्माले ढकाललाई निर्वाचित गरेका हुन । यस्तै प्रदेश तर्फ ३(१)मा काँग्रेसका मान बहादुर लिम्बुले निर्वाचित भएका छन् । उनले १९हजार ७४९ मत ल्याएका हुन । एमालेका दिलीप राई १४ हजार ८ सय १७ मत मात्रै ल्याएका छन् ।

मोरङ३(२)मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादी लक्ष्मी कुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन । सुवेदीले १७ हजार ७सय २८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले भने १५ हजार ३सय ५८ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box