विराटनगर / माेरङकाे २(१) बाट नेकपा ( माओवादी केन्द्र ) प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उप्रेतीले १२ हजार ९३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका दानबहादुर कार्कीलाई २५५ मतअन्तरले पछि पार्दै उप्रेतिले प्रदेशसभामा निर्वाचित भएका हुन् । एमालेका कार्कीले १४ हजार ६७८ मत पाए ।

उप्रेति २०७० मा संबिधान सभामा र २०७४ मा प्रदेशसभाकाे निर्वाचनमा पराजित भएका थिए । उप्रेति तेस्रो प्रयासमा प्रदेश सांसद बन्न सफल भएका छन् । यो जितसँगे संगै उप्रेतीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् ।

Facebook Comments Box