रविवारको साइत हेराएर पूर्व राजाको पूर्व यात्रा , यी छन भित्री योजना

११ पुस,काठमाडौं /  पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन्। पूर्व-रानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने बताइएको छ।

पूर्व-राजाका प्रेस सचिव फणिराज पाठकका अनुसार भोलि पूर्वराजा ज्ञानेन्द्र र पूर्व-रानी जाने र केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ।

झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ।

पूर्व राजाले आइतवार नै राप्रपाका ३ महामन्त्रीसँग पनि भेट गर्दैछन् । सोमवार विहान दमकमा राजा समर्थकहरुलाई गोप्य प्रशिक्षणको कार्यक्रम रहेको गोप्य योजना समेत खुलेका छ ।

शनिबार, ११ पुष, २०७७, दिउँसोको ०३:५७ बजे

सम्बन्धित खवर