सत्तालिप्साभन्दा माथी उठ्न खोजेका समाजवादीहरु

        दिनेश दँगाल

केही दिन देखी नेपालको राजनितिमा एउटा छुट्टै खालको गर्मी बढीरहेको छ । १७ महिना अघि संबिधान संसोधनको मुद्दालाइ प्राथमिकतामा राखेर नेकपासंग दुइ बुंदे लिखित सहमति गरेर सरकारमा गएको समाजवादी पार्टी सरकारबाट बाहिरीएको छ । नेकपा संग बहुमत त थियो तर संबिधान संसोधन गर्न दुइतिहाइ नै चाहिने हुनाले समाजवादी पार्टी आफ्रनो मुद्धा सम्बोधन हुने आसा बोकेर नेकपा सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी भएको यतिलामो समयसम्म पनि संबिधान संसोधनको मुद्धामा खासै उन्नति हुन नसकेपछि पार्टी र कार्यकर्तापंक्तीमा बेलाबेलामा सरकारप्रति निरासा र सरकारमा सहभातिको बिषयमा प्रस्न उठ्नु मनासिब नै थियो । यो १७ महिनाको अबधिमा प्रधानमन्त्री र उनको दल नेकपालाइ समाजवादी पार्टीले सरकार र्निमाणताका गरिएको दुइ बुंदे सहमतिकोबारेमा पटक पटक लिखित र मौखिकरुपमा स्मरण गरांउदापनि प्रधानमन्त्री र उनको दलबाट संबिधान संशोधनको बारेमा खासै मेसो आएन । जुन बिषयलाइ मुख्य एजेण्डा बनाएर पार्टी सरकारमा सहभागी भएको थियो त्यसमा कूनै प्रगति नभएपछी संबिधान संशोधन, सरकारमा पार्टीको सहभागीताको बिषय लगायत अन्य पार्टीजिवन संग सम्बन्धितमा छलफल गर्न समाजवादीपार्टीले गत कार्तिक महिनाको अन्तिम साता आफनो सर्वोच्च निकाय संघिय परिषद, र केन्द्रिय समितिको बैठक सम्पन्न गर्यो र सोही बैठकको निर्णय अनुसार नै अहिले सरकारबाट बाहिरिनुका साथै सरकारलाइ दिएको सर्मथन फिर्तालियो । यो घट्नाले नेपालको राजनितिमा बेग्लै तरंग त ल्याएको छंदैछ यो संगसंगै पार्टीका नेता कार्यकर्तामा भने खुशी र उत्साह भरेको छ ।

साधारणतया कुनैपनि पार्टी सरकारमा पुग्दा कार्यकर्ता र सुभचिन्तकहरुमाझ खुसीयाली छाँउछ , त्यो स्वभाबिक प्रक्रियापनि हो किनकी सत्ता सयरले पार्टी संगठन तथा जनमानसमा एक प्रकारको प्रभाब राख्दछ , स्थानिय स्तरमा रहेका कार्यकर्ताको मनोबल उच्च राख्दछ , जब सत्ता बर्हिगमन हुन्छ तब कार्यकतामा निराशा कुण्ठा र गिरेको मनोवल बाहेक केही भेटिन्न । त्यसको उदाहरणका लागी टाढा जानु पर्दैन बिगतका काँग्रेस , एमाले , माओवादी ,जनमोर्चा लगायतको अल्पमतको मिलिजुली सरकार लाइ हेरेपग्छ । यो कशीमा समाजवादी पार्टीका कार्यकर्तालाइ राखेर हेर्ने हो भने ठिक उल्टो दखीन्छ । हिजो पार्टी सरकारमा हँुदा उनिहरुमा संबिधान संशोधनको बिषयमा ठोस प्रक्रिया अगाडी नबढेका कारण गिरेको मनोबल , नेकपा सरकारको खरबौँका भ्रष्टाचार , कालोबजारी ,तस्करी र काण्डै काण्डको सांक्षी बस्नुपर्दाको कुण्ठा र आफुले सम्हालेका मन्त्रालय तथा माताहतका संस्थामा कर्मचारीको असहयोगका कारण जनतालाइ प्रभाबकारी तवरले सेवा दिन नसक्दा उत्पन्न भएको निराशा । तर आज पार्टीले सरकारलाइ दिएको सर्मथन फिर्तालिएसंगै उनिहरुबाट यो सबै निराशा आत्माग्लानी र कुण्ठा हटेको छ । पार्टीको यो कदमलाइ स्वगत योग्य भन्दै बिभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु संबिधान संशोधन , जनजिविका र सुशासनका मुद्धालाइ नया ढंगबाट उठाउने उद्घोस सामाजिक संजाल मार्फत गरीरहेका छन ।

पार्टीको मुख्यभुमिकामा रहेका उपल्लो स्तरका नेतादेखी गाँउ कमिटीको जिम्मेवारी सम्हालीरहेका नेता तथा कार्यकर्ताहरुले सामाजिक संजाल फेसबुक मार्फत सरकारलाइ दिएको समर्थन फिर्ता लीएको निर्णयको स्वागत गर्दै यो निर्णयले आम कार्यकर्तामा सत्तालिप्साको भावना नरहेको बरु यो निर्णयले पार्टी निर्माणमा उर्जाथपेको सन्देश दिइरहेका छन । लोकतन्त्र, पहिचान , संघियता र सम्वृद्धीका लागी अहिलेको सरकारसंगको सहकार्य भन्दा सडक संर्घर्ष र जनसम्बन्ध नै पार्टीको पहिलो प्राथमिकता रहेको समाजवादी पार्टीका आम कार्यकर्ताको धारणा रहेको छ । उनिहरुले हामी अन्य पार्टी र तिनका कार्यकर्ताजस्तो सत्ता र सक्तीकालागी यथास्थितिमा रहिरहने प्रवृति भन्दा फरक र पाटीले लिएको समुन्नत संघिय समाजवादको लक्ष्य प्राप्तिका लागी जस्तोसुकै त्याग गर्न सक्ने हैशियत राख्न सक्छौँ भन्ने सन्देश सामाजिक संजाल मार्फत दिइरहेका छन ।

साजवादी पार्टीले सरकार छाड्ने निर्णय गरे लगत्तै पार्टी महासचिव गंगा नारायण श्रेष्ठले आफ्नो फसबुक स्टाटसमा कवि शिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त कविताको ,छोटो बढ्यो भने ज्यादा फर्ति ढाँचा बढाउछ , उर्लदो खहरे हेर कत्तिको गड्गडांउछ ।। भन्ने वाक्याँस सहितको अंश पोष्ट गरेका छन । त्यस्तै समाजवादीका सचिव प्रशान्त सिँह्रले आली क्याबिनेटबाट संबिधान संशोधन हुन्छ भन्ने आस समाप्त भएको र संशोधनको कार्यभार नया तरिकाले पुरा गर्ने उल्लेख गरेका छन । समाजवादी नेतृ मोनिका सिंह्ले यो निर्णयले सबै कार्यकर्ता खुसी छन , काण्ड शिरोमणिका सन्तान भए लुट्न नपाइने भो भनेर रुन्थे होला भन्दै समाजवादीका नेता कार्यकर्ता सत्तालिप्सा भन्दा माथी उठेका छन भन्ने आशय ब्यक्त गरेकी छन । काण्डै काण्डहरुको उल्का ग्रहमा फसीरहेको सरकारमा बसीरहनु कुनै औचित्य थिएन , सरकारबाट बाहिरिने पार्टीको निर्णयको सम्मान गर्छु भन्दै समाजवादी पार्टीका केन्द्रिय सदस्य देउ कुमार नेम्वागँले आफ्नो स्टाटसमा लेखेका छन ।

केन्द्रिय सदस्य तथा प्रदेश १ का सचिव सुर्य राइले समाजवादी पार्टीले सरकार छोड्यो शिर्षकको समाचारको लिँक कपि गर्दे अध्यक्ष ज्युको सहि निर्णय भन्दै आफ्नो फसबुक वालमा राखेका छन ।

त्यस्तै समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राइले पार्टीको सरकार छाड्ने निर्णयलाइ स्वगत छ , दलाल पुँजीपतिहरुको मतियारको रुपमा सञ्चालित बर्तमान सरकार बाट समुन्नत समाजवादी लक्ष्यहरु सम्भब थिएनन्. र छैनन् , जनतामाझ गएर आफ्ना कुरा बझाउने र संगठन र्निमाण गर्ने अवसर मिलेको छ , अवसर र चुनौति दुवै स्वीकार छ भन्दै निक्कै आक्रामक स्टाटस पोष्ट गरेका छन । अध्यक्ष राइ वर्तमान प्रधानमन्त्री ओली संग दाश्रो संविधानसभा निर्वाचनमा एउटै क्षेत्रवाट चुनाव लडेका थिए ।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले समाजवादी लक्ष्यप्राप्तिका लागी पार्टी जनताको साथमा हुनुपर्ने भन्द पार्टीले गरेको निर्णय सहि भएको भन्दै आफ्नो स्टाटस पोष्ट गरेका छन । त्यस्तै ख्याम नारायण खरेलले यो निर्णयले कार्यकर्तालाइ खुलेर आन्दोलनमा जाने वतावरण बनाइदियो भन्दै कार्यकर्ताको मनोवल उच्च भएको चिार ब्यक्त गरेका छन । समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व विद्यार्थी नेता हिक्मत वि क ले पैधानजन्त्रीको अराजक शैली सधैं सहन नसकिने वताएका छन । समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष नेत्र चापागाँइले सबै परिर्वतन सरकारको मार्चाबाटै होस् हाम्रो पुस्ताले आन्दोल गर्नु नपरोस भन्ने चाहाना थियोतर आली सरकारले यो सुन्नै चाहेन ।। सरकारमा बसेर अहिले सम्म कुनै काण्डमा नमुसिनु भएकोमा मन्त्रीहरुलाइ धन्यवाद भन्दै सडकको मोर्चामा भटहुने छ भनेर आफ्नो स्टाटस लेखेका छन । समाजवादी बिद्यार्थी युनियनका सचिव रेशम सापकोटाले कुटनितिक पहल असफल भएपछी संर्घषमा जानुको बिकल्प छैन , विश्वबाट ओरालो लागेको फाँसीवाद नेपालबाट पनि आरालो लाग्छ भन्दै आफनो स्टाटसमा लेखेका छन । समाजवादी विद्यार्थी युनियनका अर्का सचिव तथा किराँत राइ विद्यार्थी संघका अध्यक्ष राम चन्द्र राइले स्वागत याग्य कदम भनेका छन । समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य बिशाल तिमिल्सिनाले सडक आन्दोलन नै अबको गनतब्य भएको जनाएका छन । समाजवादी युवा संघ प्रदेश १ का मुख्यसचिव पवन बिष्टले पार्टीको यो निर्णयले समग्र युवाहरुमा उल्लास छाएको प्रतिक्रिया दिएका छन ।

बिहिबार, १० पुष, २०७६, साँझको ०५:१० बजे

सम्बन्धित खवर