दमकमा आठौ फूड फेष्टिबल हुने

दमक/ खानाका विभिन्न परिकारहरुको स्वाद चखाउँदै जातीय संस्कार र पहिचानअनुसारको खाना खुवाएर पर्यटकीय विकासमा जोड दिने उदेश्यले यहि चैत्र २३ गते देखी २९ गते सम्म दमक ७ स्थित पशुहटमा फूड फेष्टिबल हुने भएको छ ।
आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत फुड फेष्टिवल हुने जनाइएको हो । दमककमा बसोबास गर्ने विभिन्न जातजातीको जातीय परिकारको प्रवर्धन गर्ने सन्देश दिन फूड फेस्टिलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए । दमकमा धिमाल, लिम्बु, राई, सतार, राजंबशी लगायतका विभिन्न आदिवासीको बसोबास रहेकाले सोही अनुसारकै परिकार बन्ने न्यौपानेले बताए ।

होटल व्यवसायी सघं दमकको आयोजनामा हुन लागेको फेष्टिबलले दमक क्षेत्रको प्रर्वधन गर्नपनि मद्यत पुग्ने विश्वास गरिएको सघंका अध्यक्ष योगराज दंगालले जनकारी दिए । १० देखी १५ वटा विभिन्न जातीय परिकारका स्टल साथै अन्य विभिन्न स्वादका परिकार सहित ४० वढी स्टल फेष्टिबलमा रहने उनले बताए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय स्तरका कलाकारका साथमा फेष्टिवल सञ्चालन गरिने बताइएको छ । करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने दावि आयोजकले गरेको छ । फेस्टिलमा २५ लाख बढिको र्आिर्थक करोबार गर्ने लक्ष्य राखिएको फेष्टिवल प्रचारप्रसार समितिका संयोजक दिपक फूयालले जानकारी दिए । दमकमा हुने यो आठौं फूडफेष्टिवल हो ।

आइतबार, १३ चैत, २०७८, साँझको ०५:१९ बजे

सम्बन्धित खवर