कोरोना परीक्षण अब वीपी प्रतिष्ठान धरान बाट

सरकारले कोभिड-१९ को परीक्षण अब धरानमै गर्ने निर्णय सरकारले गरेको छ। यो निर्णय कार्यान्वयनमा आउन केही दिन भने लाग्नेछ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड- १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो।

बिपि प्रतिष्ठान धरानले भने कोरोनाको परीक्षण गर्ने ल्याब तयार गरिसकेको छ भने । सरकारले किट पठाएसँगै कोरोनाको परीक्षण गर्ने तयारी गरिएको छ।

शुक्रबार, १४ चैत, २०७६, दिउँसोको ०२:११ बजे

सम्बन्धित खवर