प्रदेशकै सुविधासम्पन्न हस्पिटल सरकारलाई दिने घोषणा

दमक/ प्रदेश  १ कै सुविधा सम्पन्न हस्पिटलको रुपमा रहेको झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ ।कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल प्रदान गर्ने घोषणा गरेका हुन् ।आज  एक विज्ञप्ति प्रकाशित गर्दै सरकारसँग हस्पिटलले कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि पिपिई सेट र मास्क उपलब्ध गराउन माग्दा उपलब्ध नगराइएकाले यसअघि उपचार गर्न नसकिएको जनाएको छ ।हस्पिटलसँग रहेको एक सय बेडको आईसीयु, आठ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर र पाँच सय बेडको क्वारेन्टाइन सञ्चालनका लागि धाइजनमा तयारी अवस्थामा भवन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितकाे स्वास्थ्यकर्मीलाइ आवश्यक व्यवस्थापन गर्दै सरकारले आजैका मितिदेखि प्रयाेजन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । काेराेना भाइरसकाे महामारी राेक्नका लागि बिएण्डसी हस्पिटलले राज्यलाइ सहयाेग गरेकाे जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

शुक्रबार, १४ चैत, २०७६, दिउँसोको ०२:२८ बजे

सम्बन्धित खवर