गठबन्धनको भ्रम नछर्न जासपाका उम्मेद्बारहरु आग्रह ,भने – तत्काल उम्मेद्बारी फिर्ता लिएर पार्टीको सम्पर्कमा आउनुस !!

बैकल्पिक खवर

जनता समाजवादी पार्टी दमक नगरका उम्मेद्बारहरुले गठनबन्धन रहेको भन्ने अनावश्यक प्रचार बन्दगर्न आग्रह गरेका छन । आज नगरमा उम्मेद्बारी दिएका मेयर तथा सदस्य पदका उम्मेद्बार हरुले एक प्रेस बक्तब्य जारी गर्दै यस्तो आग्रह गरेका हुन ।

अफ्नै चुनाव चिन्हमा एकल चुनाबमा लड्ने नगर समितीको निर्णय अनुसार चुनाबमा होमिएका उम्मेद्बारहरुले पार्टी निर्णय बिपरित नबोल्न र गतिविधि गर्न सचेत गराएको मेयर पदका प्रत्यासी पवन देब बिष्टले बताए । उनले भने – केही नगर , जिल्ला तथा केन्द्रका नेताहरु पार्टी निर्णय बिपरित बोल्दै हिडेको र गतिविधि गरेको पाइयो , त्यही भएर वहाँहरु लाई सचेत गराइएको हो।
जसपा दमक नगरले आगामी स्थानीय चुनावमा एकल उम्मेद्बारी दिने निर्णय गरेको थियो । गठबन्धन गर्ने अनौपचारिक छलफल भएपनि अन्य ठुला भनिने दलहरुले सहअस्तित्व लाई स्वीकार गरेर , ५ दलिय गठबन्धनको मर्म र भावनाअनुसार भागबण्डा गर्नुको सट्टा दलिय दम्भ प्रस्तुत गरेका कारण जसपाले गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

पार्टीको निर्णय बिपरित दमक नगर केही नेतृत्वले गठबन्धनमा पार्टीले भाग लिने भन्दै , केही सदस्यहरुमा गठनबन्धनको उम्मेद्बार भन्दै , मनोनयन दर्ता गराएको कुरा बाहिर आएपछि , पार्टी नेताहरुलाई उम्मेद्बारहरुले प्रश्न गरेका थिए ।साथै उम्मेद्बारहरुले तत्काल मनोनयन फिर्ता लिएर पार्टीको सम्पर्कमा आउन पनि आग्रह गरेका छन । केही दिन अगाडि पार्टी प्रदेश अध्यक्ष प्रबिन चाम्लिङको प्रमुख आतिथ्यतामा बसेको नगर भेलाले एकल उम्मेद्बारी दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम जसपा दमकले एकल उम्मेद्बारी दर्ता गराएको हो ।                         

पार्टी निर्णय बिपरित अध्यक्ष र सह अध्यक्षले कसैलाई थाहा नै नदिइ , गठबन्धनको तर्फबाट भन्दै ३ जनाको मनोनयन दर्ता गरेपछि , उम्मेद्बार सहित , अन्य पधादीकारी आक्रोशित भनेको जसपा दमक नगर सचिब सुनिल राइले बताए । भोलिसम्ममा उम्मेद्बारी दिएकाहरुले आफ्नो उम्मेद्बारी फिर्ता नलिए , उपल्लो समितीमा लिखिनत जानकारी गराइने सचिब राइले बताए । राइले गठबन्धनको हवला दिएर गरिएको मनोनयन फिर्ता लिएर तत्काल पार्टीको सम्पर्कमा आउन अनुरोध समेत गरेका छन ।

हामीले पार्टी बचाउन कै लागि आफ्नो उम्मेद्बारी प्रस्तुत गरेका हौ । पार्टीको बैठकले गरेको निर्णय भन्दा बाहिर गएर कसैले कुनै गतिविधि गर्छ भने , त्यस्को मुल्यांकन गर्ने विधि पार्टीमा सुरक्षीत रहेको सचिब राइको भनाइ रहेको छ । पार्टी निर्णय बिपरित दर्ता गरिएको मनोनयन फिर्तालिन अनुरोध गरिएको छ ।

वहाँहरुलाई फिर्ता भएर पार्टीका आधिकारिक उम्मेद्बारहरुलाई सहयोग गर्न भनेका छौ , यदि त्यसो नभए पार्टी निर्णय बिरुद्ध जानुहुने सबै नगर , जिल्ला प्रदेश तथा केन्द्रिय स्तरका सबै नेता कार्यकर्ताहरुको बारेमा लिखित रूपमा प्रदेश तथा केन्द्रमा तयारी गर्ने छौं , एक नेताले बताए ।

पार्टी कुनैपनि गठबन्धमा नरहेको कुरा प्रस्टै हुदाहुदै पनि पार्टी हित बिपरित जानेहरुले आर्थिक चलखेल गरेको हुनसक्ने जसपाका उम्मेद्बारले आसंका गरेका छ्न ।

बुधबार, १४ बैशाख, २०७९, रातीको ०८:०५ बजे

सम्बन्धित खवर