नगर विपद् कोषमा समाजवादी पार्टी उर्लावारीको सहयोग

उर्लाबारी । समाजवादी पार्टी उर्लाबारी नगर समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी नगरसमितिले उर्लाबारी नगरपालिका लाई कोरोना महामारी बिरूद्दको अभियानमा आर्थिक सहयोग उपलब्ध गराएका छन् । नगरपालिकाको विपद कोष ब्यवस्थापन समितिमा आज समाजवादी पार्टी ऊर्लावारि नगर समिति र राप्रपा ऊर्लावारि नगर समितिले सो आर्थिक सहयोग उपलब्ध गराएका हुन ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई समाजवादी पार्टी नगर समितिको तर्फ बाट नगद ५१ हजार १९ रुपैयाँ र राप्रपाको तर्फबाट २५ हजार १९ रुपैयाँ प्रदान गरिएको समाजवादी पार्टी ऊर्लावारि नगर समिति सचिव राधिका नेपालले बताइन् । समाजवादी पार्टी उर्लाबारी नगर संयोजक मात्रिका धिमाल र राप्रपाका नगर अध्यक्ष देवीप्रसाद दाहालले उक्त रकम मेयर फागोलाई नगरपालिकामा उक्त सहयोग हस्तान्तरण गरिएको हो । उर्लाबारीका जनतालाई भोकै हुन नदिन नगरपालिकासँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउँदै आगामी दिनमा थप राहत सहयोग उपलब्ध गराउदै जाने प्रतिबद्धता समाजवादी पार्टीका स्थानीय नेता दिपक न्यौपानेले जानकारी दिए। नगर प्रमुख फागोले विपन्न समूदायको घरघरमा राहत पु¥याउन लागि परेको उल्लेख गर्दै हुने खानेले राहतमा गिद्धे नजर लगाउनु दुखद भएको बताउदै सामाजवादी पार्टी र राप्रपा लगायत सबै पार्टी लाई विपद्को बेला सहकार्यकाका लागि आग्रह गरे । सामाजवादी पार्टीका प्रदेश सदस्य विशाल आङ्दम्बेले कोरोनाले निम्त्याएको यो विपदमा जनतालाई भोकै हुन बाट जोगाउनु हामी सबैको दाईत्व भएकोले यसका लागी सबै पक्ष लागि पर्नु पर्ने बताए ।

सोमबार, १५ बैशाख, २०७७, रातीको ०९:१५ बजे

सम्बन्धित खवर