खोटाङमा खुकुरीले हानेर बाबुको हत्या , अन्य घटनामा २ को मृत्यु

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ ।

रूखबाट लडेर १ जनाको मृत्यु

संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

 पानीमा डुबी बालकको मृत्य

झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबी घाइते भई उपचारको लागी उनकै बुबाआमाले गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

आइतबार, १३ असार, २०७८, बिहानको ०९:४० बजे

सम्बन्धित खवर