सुनसरीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु, दुई जना घाईते

१३ असार /  सुनसरीको कोशी गाँऊपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ८ बजे पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङ्ग बिराटनगर ९ का ४५ बर्षीय रामप्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । र्दुघटना भएका तीनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

आइतबार, १३ असार, २०७८, दिउँसोको ०२:५३ बजे

सम्बन्धित खवर