१ हजार ९२० जना संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौँ, १३ असार / पछिल्लो २४ घण्टामा नेपालमा थप १९२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३ सय ५३ र ३८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । नेपालमा हालसम्म ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ०९ पुगेको छ ।

आइतबार, १३ असार, २०७८, रातीको ०९:५० बजे

सम्बन्धित खवर