धरानको बजेट १ अर्ब ७७ करोड ९१ लाख ः मुख्य लक्ष्य  पूर्वाधार विकास र स्रोतवृद्धि

असार १२ , विहिबार

धरानः आर्थिक वर्ष २०७६÷०७७ को लागि १ अर्ब ७७ करोड ९१ लाख रूपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्दै धरान उपमहानगरपालिकाकोे पाँचौ नगर सभा बुधबार सम्पन्न भएको छ ।नगरसभाले आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने योजनालाई पारदर्शी र नागरिकको सहभागितालाई प्राथमिकतामा राख्ने भएको छ । नगरसभामा नगरसभा सदस्यले उठाएका प्रश्नको जवाफसहित नीति तथा कार्यक्रम र बजेटमा केही संशोधन गरेपछि बुधबार पाँचौँ नगरसभा सम्पन्न भएको हो ।

उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी (सुवेदी) ले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २६ करोड १० लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । बजेटमा धरानको पर्यटन, खेलकुद र सांस्कृतिक क्षेत्रको विकासका लागी जोड दिएको उल्लेख छ ।

बजेटमा आन्तरिक आयतर्फ ३२ करोड २७ लाख ५ हजार रुपैयाँ अनुमान गरिएको छ । सङ्घीय समानीकरण अनुदान ३१ करोड ९४ लाख, प्रदेश समानीकरण अनुदान ९८ लाख ६८ हजार र सङ्घीय राजस्व बाँडफाँड २५ करोड ८ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।

प्रस्तुत बजेटमा सबैभन्दा बढीईभएको नगर कार्यपालिकाका प्रवक्ता मणिराम राईले जानकारी दिए । नगरका गौरवका आयोजना सभागृह पुनर्निमाण, बसपार्क, विभिन्न पार्क निर्माणका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । बजेटको सबैभन्दा धेरै रकम नगरका गौरव आयोजनाको रुपमा रहेका यी योजनामा विनियोजन भएको छ । सभागृहमा २ करोड ५० लाख , बसपार्ककालागि ९५ लाख ँ, पार्क निर्माणमा २ करोड बजेट विनियोजन भएको बजेटमा उल्लेख छ।

त्यस्तै, शिक्षामा २ करोडका साथमा सङ्घीय सशर्त अनुदान ३० करोड ४८ लाख ७ हजार रुपैयाँ गरी जम्मा ३२ करोड ४८ लाख७हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
खेलकुदमा पनि यसपटक गतवर्षभन्दा बढी बजेट विनियोजन भएको छ । खेलकुदमा १ करोड ७० लाख रुपैयाँ, पर्यटनमा १ करोड, स्वास्थ्यमा १ करोड ५० लाख बजेट विनियोजन भएको छ । यसपटक ‘एक वडा, एक पार्क’ को योजनाअघि सार्दै १ करोड बजेट विनियोजन भएको छ ।

बिहिबार, १२ असार, २०७६, बिहानको ०९:१७ बजे

सम्बन्धित खवर