उत्कृष्ट जिपीए सहित वुद्धस्मिृतिको सतप्रतिशत नतिजा

विर्तामोड, असार १२ विहिबार
विर्तामोड स्थित वुद्धस्मृति अंग्रजी माध्यमिक विद्यालयले शैक्षीक सत्र २०७५ मा लिइएको एसइइ परक्षिामा उत्कृष्ट जिपीए सहित सतप्रतिसत नतिजा निकाल्न सफल भएको छ । आज बिहीवार प्रकाशित नतिजा अनुसार यस विद्यालयले ३ दशमलव ८५ जीपीए सहित सबै विद्यार्थी उत्रिण गराएको हो । बिगत देखी नै निरन्तर उत्कृष्ट नतिजा निकालीरहेको यस विद्यालयले यसपटक पटक पनि उत्कृष्टतालाइ निरन्तरतादिन सफल भएको छ ।
प्राप्त नतिजा अनुसार परिक्षामा सामेल भएका मध्ये ए प्लस ५ जना , ए ७ जना , वि प्लस २६ जना र सी प्लस !३ जना सहित सबै विद्यार्थी उत्रिण भएको विद्यालयका संस्थापक प्रिन्सिपल हरिकृष्ण पाठकले जानकारी दिए । प्राप्त नतिजा अनुसार त्यस विद्यालयकी छात्रा प्रियंका सेलिङले ३ दशमलव ८५ जिपिए ल्याएर विद्यालय प्रथम भएकी छन । विद्यालयले प्राप्तगरेको नतिजा प्रति खु’शी ब्यक्त गर्दै संस्थापक पाठकले  यो नतिजमा पुर्याउन मेहेनत गर्ने सम्पुर्ण विद्यार्थी , विद्यालय परीवार , अभिभाबक सबैमा हार्दिक आभार प्रकट गरे । साथै पाठकले सम्पुर्ण विद्यार्थीह?को उज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझै मेहेनत गर्दै अघि बढ्ने योजना रहेको बताएका ।

बिहिबार, १२ असार, २०७६, रातीको ०८:२६ बजे

सम्बन्धित खवर