‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि!’

चर्चित लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कमल थापाको राजावादी पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन्।

मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले मिश्रलाई यस्तो सुझाव दिएका हुन्।

संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि!’

Facebook Comments Box