नशामा लट्ठ बनाएर बलात्कार, भिडियो बनाएर ब्ल्कमेलिङ

   विराटनगर /  १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मध्ये सुरज सुवेदी विराटनगरस्थित विराट हेल्थ कलेजमा डिसिपिलेन (डिआइ इन्चार्ज ) पनि हुन् । उक्त कलेजमा डिआइ इन्चार्ज भएर बसेको ७ वर्ष भएको थियो । एक वर्ष अगाडीदेखि ती किशोरी र सुवेदी परिचित थिए ।

कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए । सहयोग गरेको कारणले जेठमा सुवेदी किशोरीको कोठामा गएका थिए । उनीहरू पहिला नै चिनजान भएकाले उनीहरूले मादक पदार्थ सेवन गर्ने योजना सुवेदीले बनाए ।
‘कोठा बाहिर किशोरी पानी लिन गएको मौका छोपी सुवेदीले मादक पदार्थ सेवन गर्नुभन्दा अगाडि ती युवतीलाई नसामा लट्ठ बनाउन बियरमा केही औषधि हादिए । त्यो बियर पिउँछिन् । त्यसपछि उनी बेहोस भइन् । युवती होसमा नभएको अवस्थामा करणी गर्छन् र भिडिओ बनाए । त्यही भिडियो देखाएर सुवेदी मात्र करणी गर्दैनन् उनका साथी विनोद राउतलाई पनि जेठ तिर विराट नर्सिङ होम अगाडीको एक होटलमा लगेर जबरजस्ती करणी गरे,’ पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेखछ ।

डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडियो बनाएको धम्की दिने गरेका थिए । करणी गरेको हल्ला गरे भिडियो सार्वजानिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले त्यसपछि पटक पटक होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
सुनसरी घर भई हाल विराटनगरको नर्सिङ कलेजमा अध्ययनरत छात्रालाई राउत र सुवेदीले पटक पटक जबरजस्ती करणी गरेको छात्राले जाहेरी दिएपछि उनीहरूलाई आइतबार पक्राउ गरी अहिले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । ‘किशोरीले दिएको जाहेरीको आधारमा अनुसन्धान सुरु भएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’
‘जबरजस्ती करणी’ मुद्दामा पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला करातेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू २०५२ सालदेखि करातेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए ।

प्रहरीले मङ्गलवार दोस्रो पटक मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । करणी आरोपमा पक्राउ परेका सुवेदी र राउतलाई प्रहरीले दोस्रो पटक म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । मङ्गलवार दोस्रो पटक दुई दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका आरोपी मध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामा जबरजस्ती करणी गरेको आरोप छ । यसअघि नशालु पदार्थ खुलाएर बलात्कारको भिडियो बनाएर पछि डर त्रास देखाएर सुवेदी र राउतले पटक पटक बलात्कार गरेको आरोप छ ।

बुधबार, ११ साउन, २०७९, बिहानको ०७:३५ बजे

सम्बन्धित खवर