नेकपा एस र लोसपाबारे संसद सचिवालयलाई निर्वाचन आयोगको जानकारी

११ भाद्र, काठमाडौँ /  नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन गरेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदबाट निर्वाचन आयोगले संसद सचिवलयलाई जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगका दुई नयाँ दलले मान्यता पाएको विषयमा संसद सचिवलायलाई जानकारी दिइएको बताए । उनले खबरहबसँग भने, ‘एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका संघीय संसदका सांसदबारे सचिवलयलाई जानकारी आयोगले दिएको हो ।’

आयोगले माधवकुामर नेपाल नेतृत्वको एकीकृत समाजवादीका ३० जना सांसद रहेको र थप ४ जना सांसदले पनि समाजवादीमा रहने निवेदन दिएको संसद सचिवलायलाई जानकारी दिएको छ । एमाले त्यागेर तुलसा थापा, माया ज्ञवाली, सोमप्रसा पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी रहने निवेदन दिएका छन् ।

यस्तै जसपा विभाजन गरेर बनेको लोसपामा संघीय संसदका १४ जना सांसद रहेको जानकारी दिएको छ ।

आयोगले संसद सचिवलयलाई जानकारी दिएसँगै संसदमा अब एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दल अस्तित्वमा आएका छन् । अब संघीय संसदमा ६ वटा दल भएका छन् । संसदमा रहेको सबैभन्दा ठूलो दल एमालेको अब १२० सांसद भएका छन् भने विभाजित बनेको अर्को दल जसपाका २२ जना सांसद छन् ।

शुक्रबार, ११ भदौ, २०७८, साँझको ०५:३१ बजे

सम्बन्धित खवर