वामपन्थीहरूबीच एकता र सहकार्य – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश गर्ने क्रमैसँगै भइरहेका छन् ।

शनिबार, ११ भदौ, २०७९, दिउँसोको ०४:२१ बजे

सम्बन्धित खवर