बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा गुणस्तरहीन – मेडिकल काउन्सिल

दमक, ११ आश्विन /   नेपाल मेडिकल काउन्सिलको टोलीले अध्ययन गरेर तयार पारेको रिपोर्टले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा गुणस्तरहीन भएको देखाएको छ । अस्पतालका विशेषज्ञहरूले बिरामी नहर्ने र रेजिडेन्ट डाक्टरहरूले मात्रै बिरामी हेर्ने गरेको अध्ययनमा पाइएको हो ।

अस्पतालको व्यवस्थापन कमजोरी हुँदा बिरामीले सेवा पाउन निकै सकस भएको रिपोर्टमा उल्लेख गरिएको छ । अस्पतालको रेडियोलोजी तथा ल्याबको सेवाको अवस्था निकै तल्लो स्तरमा पुगेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

असोज २ गतेदेखि ५ गतेसम्म काउन्सिलले निरीक्षण गरेको थियो । त्यस अवधिमा गरिएको अध्ययनमा अस्पतालको हाताभित्र फार्मेसी सेवा नभएकाले सेवाग्राहीलाई निकै सकस भएको पाइएको समेत पाइएको छ ।

यस्तै, सो अस्पतालबाट प्रत्येक दिन २० जना बिरामी बाहिर उपचारका लागि समेत रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा जनशक्ति पुग्दो मात्रा हुँदा पनि आकस्मिक कक्षमा भिड हुने तथा व्यवस्थापकीय पक्ष कमजोर रहेको रिपोर्टले देखाएको छ ।

सोमबार, ११ असोज, २०७८, बिहानको ०८:१५ बजे

सम्बन्धित खवर