बुद्ध एयरको विमान दुई घण्टा आकाशमा होल्ड

 विराटनगर/    विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।

दुई घण्टा आकाशमा होल्ड भएको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा गरेर अवतरण गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

सोमबार, ११ असोज, २०७८, बिहानको ११:०८ बजे

सम्बन्धित खवर