शेयर बजारमा उच्च गिरावट

काठमाडौँ ११ असोज/ आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो ।
सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ को बिन्दुमा पुगेको छ ।
यसदिन २२७ कम्पनीका १,०७,४८,०६८ कित्ता शेयर किनबेच हुँदा ५,१२,०९,७३,०९६ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।

सोमबार, ११ असोज, २०७८, दिउँसोको ०४:४३ बजे

सम्बन्धित खवर