प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध जारी

काठमाडौँ, ११ असोज / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरे ।
एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएका थिए । तर, एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप लगाउँदै आएका एमाले सांसदहरुले भने नाराबाजी गरिरहे ।
नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाए । यस्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेक राष्ट्रिय सभाबाट पारित भएको आएको जानकारी गराए ।
सोमबारको कार्यसूची अनुसार बैठकले आफ्नो काम गरेसकेपछि करिम १० मिनेट चलेर बैठक सकियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते बस्ने छ ।

सोमबार, ११ असोज, २०७८, दिउँसोको ०४:४७ बजे

सम्बन्धित खवर