दमक,१० कार्तिक / झापाको कमल गाउँपालिकामा आज विहान खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट कमल ५ का ४२ वर्षिय फणीन्द्रराज खरेल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । उनका अनुसार छिमेकी चन्द्रमणि ओलीको खुकुरी प्रहारबाट खरेलको हात , टाउकोमा चोट लागेको छ ।
घाइते खरेलको विराटनगरस्थित नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने ओली भने फरार भएका र उनको खोजी भईरहेको प्रनाउ कार्कीले बताए । ओली र खरेल परिवार वीच जग्गाको विवाद रहेको र सोहि कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Facebook Comments Box