यलम्बरको शालिक निर्माणको अन्तिम चरणमा: ९०प्रतिशत काम सम्पन्न

इलाम/ ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण समितका अध्यक्ष सञ्जय सुब्बाले बताएका छन् । शालिक निर्माणका लागि स्वादेश तथा विदेशमा रहदै आउनु भएका सहयोगी दाताहरु सहयोग जुटाइ निर्माण हुन लागेको अध्यक्ष सुब्बाले बताए ।

करिब १२ लाख बजेटमा निर्माण सम्पन्न गर्न लागिएको उक्त शालिकको उचाई सात फिटकाे रहने शालिकलाइ मूर्तिकार रोजन राईले बनाउनु भएको हो ।

स्थानीय सरकारबाट आर्थिक सहयोग नभएको गुनासो गरिरहेका शालिक निर्माण समितिले अनावरणको कार्यक्रम हुने समयसम्म इच्छुक व्यक्तिहरुले आर्थिक सहयोग गर्न सक्नु हुने जानकारी गराएका छन् ।

मार्बल फिटिङ्, कम्पाउण्ड, शिलालेख र बत्ति जडान लगायतको हुन बाँकी रहेको काम अबकाे डेड महिना भित्रमा सकेर उक्त शालिककाे अनावरण कार्यक्रम गरिने निर्माण समितिका अध्यक्ष सुब्बाले बताएका छन् ।- लिम्बुवान खबर

शुक्रबार, १२ मंसिर, २०७७, दिउँसोको १२:०४ बजे

सम्बन्धित खवर