झापाका प्रखर कम्युनिस्टहरु राप्रपामा प्रवेश

दमक /  प्रखर कम्युनिस्ट क्रान्तिकारीहरु लाई पछिल्लो समय राजसस्था र हिन्दुराष्ट्र प्रती मोह जाग्दै गएको छ । पुराना गणतन्त्रवादी क्रान्तिकारीहरुमा राजावादी पार्टी प्रवेश गर्ने अनौठो बिचलन देखा पर्दै गएको छ । यसै शिलशिलामा माओबादी विद्रोहकालमा जिल्ला सेक्रेटरी रहिसकेका कमल गाउँपालिका वडा नं। २ तोपगाछीका विक्रम अधिकारी लगायत केही पुराना कम्युनिस्ट नेता कार्यकर्ता हिजो राप्रपामा प्रवेश गरेका छन् ।

हिजो विर्तामोडमा आयोजित एक कार्यक्रममा राप्रपाका महामन्त्री एवम् सांसद् राजेन्द्र लिङ्देनले पूर्व माओबादी नेता अधिकारी सहित केही ब्यक्तिहरुलाई अबिर लगाएर पार्टीमा प्रवेश गराए । २०५६ सालतिर झापा–इलाममा नेकपा माओबादीको संयुक्त कमिटी गठन हुँदा जिल्ला सेक्रेटरी रहेका अधिकारी ब्रह्माण्ड उपनामका प्रखर वक्ताका रुपमा समेत चिनिन्थे ।

सशस्त्र द्वन्द्वको अवस्था चर्किदै जाँदा पक्राउ परेका उनी जेलबाट छुटेपछि शान्तिपूर्ण जीवन बिताउँदै आएका थिए ।अधिकारी माओबादी र त्यसपछिको नेकपासँग सम्पर्कमा आएका थिएनन् । अहिले एक्कासी उनी राप्रपामा प्रवेश गरेका छन् ।

सत्य शिवम् सुन्दरम् आनन्द कुटीमा बस्दै आएको बताउने अधिकारी अहिले राजसंस्था र हिन्दू राज्य फर्काउने अभियानमा आवद्ध छन् ।उनीसँगै तत्कालीन लखनपुरका माओबादी इञ्चार्ज याम पाठक, तत्कालीन धरमपुरका पार्टी इञ्चार्ज मेघराज अधिकारी र केदार अधिकारी राप्रपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपामा जनताको आकर्षण बढ्दै गएको जिकीर गरे

शुक्रबार, १२ मंसिर, २०७७, दिउँसोको ०२:३० बजे

सम्बन्धित खवर