उच्च अदालतको आदेश लाई सदर गर्दै सर्वोच्चले भन्यो : गिरीलाई थुनामै राख्नु

काठमाडौं /  आफ्नै अनुयायी लाई बलात्कारको मुद्दामा जेल जीवन बिताइरहेका चतरा धामका सिद्धबाबा ( कृष्णदास गिरी) बलात्कारी बाबालाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।

सर्वोच्चको आजको आदेशसँगै आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी अनिश्चितकालिन जेलमै रहने भएका हुन् ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए ।

तर, सर्वोच्चका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालत विराटनगरले गरेको गिरीलाई पूर्पक्षमा राख्ने आदेशलाई नै सदर गरेको हो ।

बलात्कार आरोपमा पुर्पक्षमा रहेका सिद्धबाबालाई छुटाउन पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितलगायतको दौडधूप चलेको थियो ।सेटिङ गरी बलात्कारी बाबालाई साधारण तारिखमा छुटाउन पण्डितको समूह लागि परेको थियो ।

शुक्रबार, १२ मंसिर, २०७७, साँझको ०७:२५ बजे

सम्बन्धित खवर