समाजवादी विद्यार्थी युनियनको गम्भिर ध्यानाकर्षण

मंसिर १० गते मध्यरातमा शिक्षा मन्त्रालय र मेडिकल कलेज संचालक बिचमा भएको सहमति प्रति समाजवादी विद्यार्थी युनियनले संगठनको गम्भिर ध्यान आकर्षण भएका जनाएको छ । समाजवादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानआकर्षण भएको जनाएका हुन । समय सिमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजन जे भनेपनी यो सहमति भ्रमको पुलिन्दा मात्रै हो। यस्तो सहमति यसअघि गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा भएको तर कार्यान्वयन नभएको देखिरहेकै छौं , श्रेष्ठद्धारा जारीगरिएको विज्ञप्तिमा भनिएको छ ।

गएराती भएको भनिएको सहमति कलेजले अध्ययन गराउने नर्सिङ, फार्मेसी, एच. ए. र ल्याब बिषयको शुल्कबारे मौन रहेको भन्दै संगठनले सहमति गर्दा प्रमुख सरोकारवाला आन्दोलनरत विद्यार्थीलाई प्रतिनिधित्व नगराइ विद्यार्थी आन्दोलनलाई अबमुल्यन गरेको र विद्यार्थी आन्दोलनको अस्तित्वलाई खारेज गर्न खोजेको प्रती खेद प्रकट गर्दैमाफियाहरुसंग सरकार गलेको देख्दा आश्चर्यचकित भएको जनाएको छ ।
विद्यार्थीले कलेजलाई शुल्क तिर्न केहि ढिला हुँदा परिक्षावाट बन्चित गराउने, जरिवाना गराउने तर कलेज संचाकलले अतिरिक्त शुल्क लिएर लुट मच्चाउँदा समेत समयमा फिर्ता गर्नु नपर्ने सहमतिले मन्त्रालय नै माफियाको मतियार बनेको आरोप लगांउदै समाजवादी विद्यार्थी युनियनले अब माफिया र त्यसका मतियारलाई तह लगाउन निर्णायक आन्दोलन अनिवार्य भएको भन्दै त्यसका लागी सरोकारवालाहरु सबैलाई अपिल गरेको छ ।

बुधबार, ११ मंसिर, २०७६, दिउँसोको १२:४१ बजे

सम्बन्धित खवर