गौरादहमा बम भेटिएपछि स्थानीय त्रसित

झापा/  झापाको गौरादहमा बम भेटिएको छ । शनिबार दिउँसो बम फेला परेको छ । १५ वर्षीया किशोरीले गाई बस्तु चराउन जाँदा बम भेटेकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका वडा नम्बर ७ स्थित भक्त बबहादुर खत्रीको टिक बगानमा गाई भराउन जाने क्रममा १५ वर्षीया गरिमा भुजेलले धमिराले खनेको दुलोमा डल्लोजस्तो वस्तु देखेकी थिइन् ।

उनले स्थानीय ४० वर्षीय हिमा पौडेललाई खवर गरी दुई जना मिलेर लाठीको सहायताले बाहिर निकाली हेर्दा प्लाष्टिकमा पोको पारेको बमजस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

बम भेटिएको खबरपछि प्रहरी चाैकी जुरोपानी ईप्रका गौरीगञ्जबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले चारआलीबाट नेपाली सेनाको टोली बोलाएर सो शंकास्पद वस्तु रात्रिमात्रै डिस्पोज गराएको जिल्ला प्रहरी कार्यालय झापाले विज्ञप्तिमार्फत जनाएको छ । बम भेटिएको खबरपछि सो क्षेत्रका स्थानीय दिनभर त्रसित बनेका थिए ।

आइतबार, १२ पुष, २०७७, बिहानको ०८:५५ बजे

सम्बन्धित खवर