विद्यार्थीलाई कपडा र स्टेसनरी वितरण

 

गौरादह÷ झापाको गौरादह स्थित श्री जनता माध्यमिक बिद्यालय गौरादह ५ मा अध्यायनरत विद्यार्थीलाई कपडा र स्टेसनरी वितरण गरिएको छ । नर्सरी देखि १० कक्षा सम्मका २ सय ५२ जना बिधार्थीलाई शोइटर, स्कुल ब्याग, परिक्षामा प्रयोगहुने कुट, बल पेन लगायतका सामग्री वितरण गरिएको हो । स्वर्गीय बुवा पृथ्वीप्रसाद लावतीको सम्झनामा उनको परिवारले सो सामग्री वितरण गरेको मनोज अधिकारीले जानकारी दिनुभयो । जीवन लावती को सहयोगमा सो सामग्री वितरण गरिएको परिवारले जनाएको छ ।

शुक्रबार, ११ पुष, २०७६, साँझको ०७:५३ बजे

सम्बन्धित खवर