नयाँ उथलपुथलको संकेत : खनाल राष्ट्रपति, नेपाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

देशमा यतिबेला सरकार परिवर्तनको हल्लाले राजनैतिक माहोल तातिरहेको समयमा एक सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । प्रचण्ड निकट उच्च स्रोतका अनुसार परिवर्तित सरकारको मोडालिटी तयार भएको छ ।

बुधबार साँझ नै पूर्व महान्यायाधिवक्ता रहेका रमण श्रेष्ठको घरमा बसेको गोप्य भेलाले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति त्यस्तै गरि प्रधानमन्त्रीमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको शक्तिशाली अध्यक्ष बनाउने निर्णय हुनुका साथै प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट एकसाथ हटाउने रणनीति तय भएको छ ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संशोधन गर्न बनाएको कार्यदल विवादमा परेसँगै अहिलेलाई संविधान संशोधन नगरी उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा लैजाने र नेपाल नेतृत्वको सरकारले दुई बर्षे कार्यकाल पूरा गरेपछि संविधान संशोधन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान सहित आगामी चुनावबाट निर्वाचित हुने गरि प्रत्यक्ष कार्यकारी राष्ट्रपति बन्ने गरि संविधान संशोधन गर्ने र गौतमलाई प्रधानमन्त्री बनाउने, गौतम नेतृत्वको सरकारले आगामी चुनाव गराउने रणनीति समेत तय गरेको छ ।

यो हप्ता भित्रैमा प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी छ । यदि ओलीले त्यस अगाडि नै संसद विघटन गरेको परिस्थितिमा के गर्ने भन्ने विषयमा बुधबार साँझ नै प्रमुख प्रतिपक्षी दलका नेता एपम् कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग पनि प्रचण्डले परामर्श गरेको खुलासा भएको छ । छलफलमा सभापति देउवाले संसद विघटन गर्ने प्रधानमन्त्रीको योजना नमान्ने र यदि त्यस्तो परिस्थिति आएमा मिलेर सामना गर्न समेत तयार रहेको वचन दिएको समेत स्रोतको दावी छ । यति होल्डिङ प्रकरणमा आफ्नो नाम मुछिएकोमा देउवा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छन् । यहि परिस्थितिको फाइदा प्रचण्डले लिन लागेका हुन् ।

प्रधानमन्त्री, राष्ट्रपति अहिले पूर्व एमालेका नेताहरूलाई दिएर कार्यकारी अध्यक्ष प्रचण्ड भने आगामी चुनावबाट कार्यकारी राष्ट्रपतिको चुनावमा सर्वसम्मत राष्ट्रपतिको उम्मेदवार बन्ने र बिजयी बनेर आगामी पाँच बर्ष देशको नेतृत्व गर्ने योजनामा छन् । यसको लागि प्रचण्ड अहिले देखिनेगरी कुनै लाभको पदमा नजाने र पार्टीको एकल र शक्तिशाली अध्यक्ष बनेर शक्ति सञ्चय गर्ने दाउमा छन् । यसमा ओली इतरका सबै शिर्ष नेता सहमत छन् । यसमा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाधक देखिएका छन् । उनलाई नेपाल ट्रष्टको जग्गा अनियमितताको आरोपमा अख्तियारद्वारा अदालतमा मुद्दा दायर गरी उनलाई निष्कृय गराउने समेत तयारी गरिएको छ ।

अहिले पार्टीको सचिवालयमा उपप्रधानमन्त्री पोखरेल मात्रै ओलीको पक्षमा देखिएका छन् । महासचिव विष्णु पौडेल समेत अहिलेको ओली इतर समूहमा सामेल भएको बताइन्छ । बहुमतले निर्णय गर्ने परिस्थितिमा प्रचण्ड, नेपाल गठबन्धनलाई नै साथ दिने बचन दिएको सार्वजनिक भै सकेको विषय हो ।

यहीबीचमा प्रधानमन्त्री ओलीले पार्टी विभाजनको तयारी गरेपनि अहिले ओलीसँग संसदीय दलमा र पार्टीको केन्द्रीय सदस्यमा पार्टी विभाजनको लागि आवश्यक ४० प्रतिशत संख्या पुग्दैन । ओलीको पक्षमा अहिले केवल २३ देखि २५ प्रतिशत मात्रै समर्थन मिल्ने आकलन छ । यस्तोमा पार्टीबाट हुने हरेक निर्णय स्वीकार गर्ने वा संकटकालिन अवस्थाको घोषणा गरेर राष्ट्रपतिको हातमा शक्ति सुम्पने बाहेक अर्को विकल्प देखिंदैन । ओली संसद विघटनको तयारीमा लागि सकेको समेत आशंका गरिएको छ ।

यसैबीच प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई सत्ता हस्तान्तरण गर्दै स्वास्थ उपचारमा ध्यान दिन आग्रह गरेको समेत सार्वजनिक भएको अन्यथा आफूहरू अब स्पष्ट योजनाकासाथ अगाडि बढेको र यसबाट पछाडि फर्कन नसक्ने सन्देश दिएका छन् भने वरिष्ठ नेता खनालले पार्टीको निर्णय कार्यान्वयन नगर्ने हो भने प्रधानमन्त्री ओलीलाई पार्टी परित्याग गर्न चेतावनी समेत दिएको सार्वजनिक भएको छ ।

अनलाईन पाना  बाट

शुक्रबार, १६ फागुन, २०७६, बिहानको ०९:३९ बजे

सम्बन्धित खवर