समाजवादी नेतृ शेर्माद्वारा संक्रमण अवधीभरको घरभाडा मिनाहा

दमक / समाजवादी पार्टीकी नेतृ गंगा राइ शेर्माले कोरोना संक्रमण अवधीभर आफ्नो घरमा भाडामा बस्ने सबैको भाडा मिनाहा गरेकी छन । समाजवादी महिला संघकी केन्दृय सदस्य एवं समाजवादि लिम्बुवान राष्ट्रय समितिकी सचिवालय सदस्य शेर्माले दमक स्थित आफ्नो घरको २ वटा फ्लाटमा भाडा बस्ने सबैलाई कोरानाको महामारी साम्य नहुन्जेल भाडा मिनाहा गरेकी हुन । सामाजिक उत्तर दाइत्व अन्तर्गत यस्तो महामारीको अवस्थामा आफुले सक्ने सहयोग गरेको उनले बताईन । यो आपतको घडिमा सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न शेर्माले आग्रह समेत गरेकि छन् । शेर्मा २०७४ सालको स्थानीय निकायको चुनावमा दमक नगरपालिकाको उपमेयरको प्रत्यासी हुन ।
कोरोनाको महामारीले यतिबेला विश्वका विभिन्न क्षेत्रमा मानव को मृत्यु र त्रास दुवै निम्त्याएको छ । कोरोना संक्रमणको नेपाल उच्च जोखिममा रहेका बेला यो समय नेपाल लकडाउन गरिएको छ ।

शनिबार, १५ चैत, २०७६, बिहानको १०:०० बजे

सम्बन्धित खवर