नेता महतोद्वारा आफ्नो निर्वाचन क्षेत्रका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण प्रदान

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोले आफनो क्षेत्र अन्तर्गतका ठाउँमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव र मुखियापट्टी मुसरनिया गाँउपालिकाका अध्यक्ष मनोज यादवले ती सामग्रीहरु धनुषा क्षेत्र नम्बर ३ का २० स्वास्थ्य चौकी र धनौजी गाँउपालिकाकास्थित क्वारेन्टाइनमा हस्तान्तरण गरिएको छ ।

निर्वाचन क्षेत्र सम्पर्क कार्यालयको आयोजनामा प्रत्येक स्थलमा १ थर्मल गन, २ पिपिई, ५० मास्क, १ सयजनाका लागि ग्लोब्स र १ बोतल सेनिटाइजर हस्तान्तरण गरिएको छ । तिनैवटा पालिकाका प्रमुख सहित जिससका उपप्रमुख दिपक झा, नेताहरु संजय सिंह, मनोज चौधरी, प्रमोद यादव सहितको उपस्थितीमा सो सरसमानहरु वितरण गरिएको हो ।

मङ्गलबार, १६ बैशाख, २०७७, रातीको ०९:१६ बजे

सम्बन्धित खवर