वामदेवको पार्टीमा को को ?

  काठमाडौं, असार १४ / वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी दिएका हुन् ।

सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरु हुने गौतमले जानकारी दिए । पार्टी बहुपदीय प्रणालीमा जाने पनि जानकारी दिइयो ।​

मङ्गलबार, १४ असार, २०७९, दिउँसोको ०४:०० बजे

सम्बन्धित खवर