‘आईफा अवार्ड नेपालमा हुने

१३ असार सुक्रबार

बलिउडमा बर्षौदेखि चल्दै आएको आइफा अवार्ड यसपटक नेपालमा आयोजना हुने भएको छ । क्यानडा, मलेसिया, सिंगापुर जस्ता देशमा यो अवार्ड शो सम्पन्न भैसकेको छ । नेपालमा भने पहिलो पटक आइफा अवार्ड हुन लागेको हो ।

यसका लागि बलिउडका लगभग ६० भन्दा बढी कलाकार नेपाल आउनेछन् । यस्तै यस अवार्ड शो का लागि नेपाल सरकारले ४४ करोड लगानी गर्ने भएको छ । करिब ६ सय दर्शकको माझ अवार्ड शो सम्पन्न हुनेछ ।

पहिलो पटक नेपालमा हुन लागेको ‘आईफा अवार्ड’ को कूल लागत १ अर्ब हुने प्रारम्भिक अनुमान छ । भारतका कलाकारहरुको हवाई टिकट, होटल बसाई, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो खर्च लाग्ने पर्यटन बोर्डले बताएको छ । आईफा प्रतिनिधि र सरकारी अधिकारी बीच अहिले छलफल भइरहेको छ ।

शुक्रबार, १३ असार, २०७६, दिउँसोको ०४:०१ बजे

सम्बन्धित खवर