सरकारमा सहभागी हुन्छौँ : माधव नेपाल

काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देउवा सरकारमा सहभागी हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भएको भेटमा नेपालले यस्तो बताउनुभएको हो ।

प्रचण्डले पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराउनुभएको थियो । उहाँले बैठकमा नेता नेपालको भागमा एक जना प्रदेश प्रमुख र एक जना योजना आयोग सदस्य पनि छुट्याइएको बताउनुभयो ।

‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ,’ प्रचण्डले भन्नुभयो, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ। सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ ।’

बुधबार, १३ साउन, २०७८, बिहानको ०८:१२ बजे

सम्बन्धित खवर